Logo

Breaking News 1

काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना


२९ चैत्र २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।  पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । 

देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । विशेषगरी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

साथै, कोशी, मधेश र बागमतीका एक–दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हिमपातको सम्भावना छ ।

हिजोदेखि देशका धेरै ठाउँमा वर्षा हुँदा तुवाँलो हटेको छ भने वायु प्रदूषणमा सुधार आएको छ । यस्तै वन डढेलोमा लागेको आगो निभेको छ ।

खेतबारी भिज्ने गरी पानी परेपछि किसान खुशी भएका छन् । भोलि पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : २७ बजे