Logo

कर्पोरेट

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, सुरुवाती कारोबार रेंज तोकियो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ। बुधबार, कम्पनीको ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो।

आईपीओ सूचीकृत भएसँगै, आगामी बिहीबारबाट शेयर कारोबार सुरु हुने जनाइएको छ। कम्पनीको शेयरको प्रारम्भिक कारोबार रेंज नेप्सेले १००.८६ रुपैयाँ देखि ३०२.५६ रुपैयाँको बीच तोकेको छ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओमा २२ लाख ५० हजार कित्ता शेयर जारी गरेको हो भने संस्थापक शेयरधनीहरुले ५२ लाख ५० हजार कित्ता शेयर जारी गरेका छन्। यसरी, कुल ७५ लाख कित्ता शेयर सूचीकृत गरिएको हो।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त गरेको हो।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ०२ बजे