Logo

ग्यालेरी

मुगुम कार्मारोङ गाउँपालिकामा गोरु प्रयोग गरेर खेती (तस्बिरहरू)



मुगु जिल्लाको विकट मुगुम कार्मारोङ गाउँपालिकामा रहेका १२ वटा बस्तीका नागरिकहरूले भिरालो र सागुरो जमिनमा खेती गर्ने परम्परागत तरिका अपनाएका छन्। यहाँको भौगोलिक स्थिती अत्यन्तै विकट र कठिन भएकाले कृषकहरूले गोरु प्रयोग गरेर अन्न उब्जाउने कार्यलाई प्राथमिकता दिएका छन्। मुगुम कार्मारोङ गाउँपालिकामा बस्तीहरू भिरालो, कठिन र समतल नभएको जमिनमा फैलिएका छन्। यस क्षेत्रका कृषकहरूले खेति गर्नका लागि सागुरो र छुचो भिरालो जमिनमा गोरु प्रयोग गरेर जमिन जोत्ने चलनलाई निरन्तरता दिइरहेका छन्। अन्न लगाउने जमीन जोत्नको लागि गोरु अनिवार्य रूपमा प्रयोग गरिन्छ, जसले खेतका बारीलाई राम्रोसँग जोत्न र तयार गर्न मद्दत पुर्याउँछ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ११ : २३ बजे