Logo

निर्वाचन विशेष

विद्यार्थीहरुको अधिकार र त्रिभुवन विश्वविद्यालयको सुधार हाम्रो एजेन्डा हो : नरेन्द्र विश्वकमा



काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ निकट अखिल समाजवादीका अध्यक्ष नरेन्द्र विश्वकर्माले क्याम्पसहरुभित्र हुने खराबीविरुद्ध लड्नका लागि आफूहरुले स्ववियु सुधार अभियानमा जुटेको बताएका छन् ।

उनले विद्यार्थीहरुको वास्तविक अधिकारका लागि र खराबीको पक्षमा लड्ने संस्था स्ववियु भएपनि पछिल्लो समय खराबी बढेको बताए ।

उनले राजनीतिमा जसरी दलाल, पुँजीवाद हावी भयो त्यसको प्रभाव प्रत्यक्ष रुपमा विद्यार्थी संगठन र विद्यार्थीहरुमा परेको उनको भनाइ छ ।

‘विद्यार्थी आन्दोलनले सही दिशा लिन सकेको छैन् । क्याम्पसहरुमा ताला लागेको, तोडफोड गरिएको छ । आफूले जितेको ठाँउमा गुन्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने अखडा बनाउने जस्ता कामहरु स्ववियूबाट हुने गरेको छ,’ उनले भने ।

‘खराबीको विरुद्धमा खडा भएको संस्था हो स्ववियू वा आफ्नो अधिकारको पक्षमा लड्ने संस्था हो । तर पछिल्लो समय नेपालमा जसरी राजनीति दलालीकरण भएको छ, दलाल पुँजीवाद हावी भएको छ त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थी संगठन र विद्यार्थीहरुमा परेको छ । विद्यार्थी आन्दोलनले पनि सहि दिशा लिन सकेको छैन् । यतिबेला धेरै क्याम्पसहरुमा ताला लागेको छ । तोडफोड गरिएको छ, आफूले जितेको ठाँउमा गुन्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने अखडा बनि रहेका छन् ।’

यसको साथै, कति ठाँउमा विद्यार्थीहरुलाई सानैदेखि गलत दिशामा लगाउने ठाँउ पनि स्ववियु बनेको भन्दै यसलाई सुधार गर्नुपर्ने र समग्र विद्यार्थी आन्दोलनलाई दलाल पुँजीवादी राजनीतिको प्रभावबाट बाहिर निकाल्नुपर्ने अवस्था आएको पनि उनको भनाई छ । 

उनले भने, ‘स्ववियु कति ठाँउमा विद्यार्थीहरुलाई सानैदेखि गलत दिशामा लगाउने ठाउँ बनिरहेका छन् ।  स्ववियूले सही तरिकाले काम गरेको छ कि छैन् वा यसको क्षेत्राधिकार पुगेको छ कि छैन् भनेर हामीले नयाँ तरिकाले बहस गरिरहेका छौ ।’

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो, पुरानो र करिब ८० प्रतिशत उच्च शिक्षाका विद्यार्थीहरु अध्ययन गर्ने विश्वविद्यालय चरम संकटमा परेको हुनाले विद्यार्थीहरुको अधिकार र त्रिभुवन विश्वविद्यालयको सुधारको एजेण्डासहित अखिल समाजवादीका स्ववियू निर्वाचनमा पूर्ण रुपमा लागेको पनि उनको भनाई छ ।

अध्यक्ष विश्वकर्माका अनुसार चैत्र ५ गते हुने स्ववियूको चुनावमा अखिल समाजवादी देशैभर त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियुको चुनावमा होमिएको र करिब दुईसय वटा क्याम्पसमा संगठन दर्ता भएको छ । भने एकस सयभन्दा बढि क्याम्पसहरुमा एकल, संयुक्त र प्यानलहरुसहित निर्वाचनमा आएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : ४५ बजे