Logo

कर्पोरेट

नेपाल लाइफ इन्स्योरेन्सका ३ नयाँ सञ्चालक निर्वाचित



काठमाडौ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) को २५औं वार्षिक साधारणसभामा तीन नयाँ सञ्चालक निर्वाचित भएका छन्। कम्पनीको सर्वसाधारण सेयरधनी सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिष्वामा सम्पन्न भएको थियो।

निर्वाचित सञ्चालकहरूमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन समावेश छन्।

तीनैजना निर्वाचित सञ्चालकहरूले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ४ : २० बजे