घरपझोङ्ग, मुस्ताङ । प्रभुबैंक गण्डकी प्रदेशले आज घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा दित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल दित्तीय ज्ञानको प्रसार गर्नु, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउनु र सर्बसाधारणलाई बचत, बजेटिङ र लगानीको अवधारणामा सुधार ल्याउनु हो।
कार्यक्रममा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्रबैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लादमछाने, प्रभुबैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर लगायत १२० भन्दा बढी स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
गभर्नर महाप्रसाद महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल बैँकिङ र अनलाइन दित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए। उनले भने, “डिजिटल प्रविधिको उपयोग गर्दा हामीलाई यसको सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट सचेत रहनुपर्छ। यसले दित्तीय सुरक्षा र डिजिटल सेवालाई सही तरिकाले प्रयोग गर्न आवश्यक बनाउँछ।”
नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणामा विस्तृत छलफल गरे। उनले स्थानीय समुदायलाई डिजिटल दित्तीय उपकरणहरूको प्रयोगमा उत्साहित गर्न सुझाव दिए।
कार्यक्रममा प्रभुबैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल दित्तीय सेवाहरूको उपयोग, मोबाइल बैंकिङ र अनलाइन बचत खाता खोल्नका लागि आवश्यक जानकारी दिए। उनले डिजिटल दित्तीय सेवाको सुरक्षित र सजिलो प्रयोगमा जोड दिएका छन्।
घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले यस कार्यक्रमको स्वागत गर्दै भने, “हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल दित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यसले सबैलाई दित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ।”
प्रभु बैंकको यो पहललाई स्थानीय समुदायले सकारात्मक रुपमा स्वागत गर्दै आगामी कार्यक्रमहरूमा पनि सहभागिता जनाउने आशा व्यक्त गरे।
प्रभु बैंक गण्डकी प्रदेशले यस कार्यक्रमको माध्यमबाट स्थानीय समुदायमा दित्तीय साक्षरता वृद्धि गर्ने र डिजिटल दित्तीय सेवामा सचेत र सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।
प्रतिक्रिया