काठमाडौं । लेखक कमला श्रेष्ठद्वारा लिखित ‘सौन्दर्य क्रान्ति’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक समारोहकाबीच ‘सौन्दर्य क्रान्ति’ नामक पुस्तक लोकार्पण गरिएको हो ।
लोकार्पण समारोहमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ‘सौन्दर्य क्रान्ति’ पुस्तक खासगरी महिला र व्यवसायीहरुले अनिवार्य रुपमा पढ्नुपर्ने खालको रहेको बताए । किताब साच्चै आकर्षक रुपमा पढौ–पढौ जस्तो लाग्ने हिसाबले संयोजन गरिएको पनि उनको भनाई छ ।
उनले भने, ‘यो किताब जुन आएको छ । हरेक व्यक्तिगत रुपमा महिला, पुरुष र खासगरी केही गरौं भनेर काम सुरु गर्ने महिला र व्यवसायीहरुले यो किताब अनिवार्य रुपमा पढ्नुपर्छ भन्ने पनि म राख्न चाहान्छु । सौन्दर्य क्रान्ति साच्चै आकर्षक हिसाबले पढौ पढौ जस्तो हिसाबले संयोजन गर्नुभएको छ ।’
त्यस्तै, लेखक श्रेष्ठले आफूले सौन्दर्य व्यवसायमा चार दशक बिताउँदा गरेको त्याग तपस्या, बलिदान र अनकौं बाँधा अर्चन, गाली र तालीका अनुभवहरुलाई पुस्तकमा कोरेको सुनाईन । आफूलाई उक्त पुस्तक पूरा गर्न झण्डै एक दशक समय लागेको पनि जानकारी दिइन् ।
उनले भनिन्, ‘मैले सौन्दर्य व्यवसायलाई काँधमा बोकेर हिडेको हिडेइ रहेछु । चार दशक वितेछ थाहा नै भएन । मैले सौन्दर्य क्षेत्रमा गरेको त्याग, तपस्या र बलिदान र अनेकौं उकाली, ओराली बाँधा अर्चन गाली र तालीका अनुभवहरुलाई पुस्तकमा कोर्न सुरु गरे । झण्डै एक दशक नै लाग्यो ।’
उनले पुस्तकमार्फत केवल आफ्नो व्यक्तिगत जीवनका गाथालाई मात्र मालामा नउनेको भन्दै हजारौं महिला र पुरुषलाई पनि आत्मासम्मानकासाथ रोजगारीमा जुट्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया