जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज धनुषाको धनुषाधाम पुग्ने भएको छ । शुक्रबार पर्वता पुगेर रात्री पिश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि धनुषाको एतिहासिक धनुषाधामका लागि प्रस्थान गरेका छन् ।
धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ९ औं दिन पर्वता पुगेको थियो भने आज दशौं दिन धनुषाधाममा रात्री विश्राम गर्नेछन् ।
आज रात्री विश्रामस्थल धनुषाधाम गरेपछि भोली सतोषरका लागि निस्किने छ । त्यस्पछि औरही, करुणा, विशौलमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।
नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ । परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
प्रतिक्रिया