Logo

समाचार

‘वन संरक्षण सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन आवश्यक’


२० फाल्गुन २०८१, मंगलबार  

46
Shares

काठमाडौं । उपराष्ट्रपति रासहाय यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायहरुले यसका लागि नीति तथा कार्यक्रम तर्जुमागरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको रजत जयन्ति समारोहमा बोल्दै उनले वन क्षेत्रको संरक्षण संवद्र्धन र दिगो व्यवस्थापनको लागि सरकार, सरोकारवाला निकाय स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु जरुरी रहेको बताए ।

उनले भने,‘वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायहरुले यसका लागि नीति तथा कार्यक्रम तर्जुमागरी कार्यान्वयन गर्न आवश्यक छ । वन क्षेत्रको संरक्षण संवन्द्र्धन र दिगो व्यवस्थापनको लागि सरकार,सरोकारवाला निकाय स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी छ ।’

त्यस्तै उनले  वन सम्बन्धि नीतिगत सुधार नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकतामा दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चीत गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताए ।

हरियो वन नेपालको धन भनेर चिनिएको ठूलो प्राकृतिक श्रोतको केन्द्र वन भएकोले सबैको समान पहुँच जरुरी रहेको उनको भनाई छ ।

उनले भने,‘वन सम्बन्धि नीतिगत सुधार नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकतामा दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चीत गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य छ । हरियो वन नेपालको धन भनेर चिनिएको ठूलो प्राकृतिक श्रोत केन्द्र वन भएकोले सबैको समान पहुँच जरुरी छ ।’

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको प्रभाव जैविक विविधताको संरक्षण वनजन्य श्रोतको दिगो उपयोग र स्थानीय समुदायको आर्थिक शसक्तिकरण लगाउतका क्षेत्रमा संघले खेलेको भूमिका प्रशंसनिय रहेको बताए  ।

मानव र वन्यजन्तुको द्वन्द्व बढेकोमा चिन्ता

सोही कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले वनको विकास महत्वरुपमा बढ्दै गइरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताए ।

अहिलेको परिवेशमा मानव र वन्यजन्तुको द्वन्द्व पनि बढिरहेको भन्दै त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा सोच्न आवश्यक रहेको उनको भनाई छ ।

उनले भने,‘हामी अहिले ४५ बाट ४६ प्रतिशतमा पुगिरहेका छौं । वनको विकास महत्वरुपमा बढ्दै गइरहेको छ । अब हामीमाथि चुनौती छ कि यसको संरक्षण प्रवद्र्धन कसरी गर्ने । अहिलेको परिवेशमा मानव र वन्यजन्तुको द्वन्द्व त्यही हिसाबले बढिरहेको छ । त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ यसमा पनि सोच्न आवश्यक छ ।’

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ३ : ०१ बजे