काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने घोषणा गरेको छ। यस ह्याकाथनको उद्देश्य प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक र अनुसन्धानकर्तालाई लक्षित गर्दै आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिहरूमा आधारित नविनतम् बैंकिङ सेवाहरूको विकास गर्नु हो।
यस ह्याकाथनले डिजिटल बैंकिङमा सम्भावित सेवाहरू र तिनीहरूको चुनौतीहरूको समाधान खोज्न मद्दत गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रहेर आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कार र बैंकसँग सहकार्य गर्ने अवसर पनि प्रदान गरिनेछ।
ग्लोबल आइएमई बैंकले प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ र यस ह्याकाथनले डिजिटल बैंकिङ सेवाहरूलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरूलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ।
प्रतियोगितामा सहभागिता गर्न इच्छुक व्यक्तिहरूले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्नेछ। ह्याकाथन प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ:
- पहिलो चरण: अनलाइन पेपर प्रस्तुती (अप्रिल ४, २०२५ सम्म)
- दोस्रो चरण: अनसाइट ह्याकाथन (मे १, २०२५)
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ जस्ता सम्मान प्राप्त भएका छन्। साथै, बैंकले नेपालभरिका ७७ जिल्ला र १,१०० भन्दा बढी सेवा केन्द्रहरूबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवासँगै रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ, जसमा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूबाट रकम भित्र्याउने कार्य भइरहेको छ।
प्रतिक्रिया