काठमाँडौ। नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं वार्षिकोत्सवलाई भव्य र विविध कार्यक्रमहरूको साथ मनाएको छ। सप्ताहभरि आयोजना गरिएको यस उत्सवमा कम्पनीका बीमित, अभिकर्ता, कर्मचारी र शुभेच्छकलाई हार्दिक आभार व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सामाजिक उत्तरदायित्वको दृष्टिकोणबाट बालगुह तारकेश्वरमा आर्थिक सहयोग गरेको र त्यहाँका बालबालिकालाई खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको बताए। यस अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
कम्पनीले आन्तरिक खेलकुद प्रतियोगितामा पनि कर्मचारीहरूको उत्साहजनक सहभागिता सुनिश्चित गरेको छ। पुरुषहरूका लागि क्रिकेट र पुरुष तथा महिला दुबैका लागि फुटसल, बैडमिन्टन र बुद्धिचाल जस्ता प्रतियोगिताहरू आयोजना गरिएको थियो, जसको उद्देश्य कर्मचारीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ र सक्षम बनाउनु थियो।
यस उत्सवको समापन बुढानिलकण्ठस्थित होटल लेमन ट्रि मा भव्यरूपमा गरिएको थियो। जहाँ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेताहरुलाई पदक र प्रमाणपत्र प्रदान गरे। रक्तदान कार्यक्रमका सहभागी कर्मचारीलाई पनि प्रमाणपत्र दिइएको थियो।
प्रतिक्रिया