Logo

Breaking News 1

सातौं बागमती गोल्डकपमा आज एपीएफ र हानामी भिड्दै



हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ ।

बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र चितवनको हानामी बिएफसी बीच प्रतिस्पर्धा हुन लागेको हो ।

दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको विजय टिमले संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : ०४ बजे