Logo

कर्पोरेट

अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता साधारण शेयर निष्काशनको घोषणा



काठमाण्डौ । अर्बिट इनर्जी लिमिटेडले आगामी समयका लागि ५० लाख कित्ता साधारण शेयर प्रति शेयर १०० रूपैयाँ अंकित दरमा निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन र बिक्रीप्रबन्धकको रूपमा नियुक्त गरेको छ।

सम्झौता-पत्रमा अर्बिट इनर्जी लिमिटेडका महाप्रबन्धक श्री सुदिप खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकास्थित साभाखोलामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनामा सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको परियोजना समावेश छ। कम्पनीका अनुसार, निर्माण कार्य ५५ प्रतिशत सम्पन्न भईसकेको छ, र आगामी १ वर्ष भित्र आयोजनालाई सञ्चालनमा ल्याइने योजना रहेको छ।

यस परियोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड र इटालीको ट्रोएर एजी कम्पनीबाट अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्री जडान गरिने छ।

अर्बिट इनर्जी लिमिटेडको भविष्यमा अन्य जलविद्युत् आयोजना र परियोजनामा लगानी गर्ने योजनासमेत रहेको छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : ४९ बजे