काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल दुवैमा ३र३ रुपैयाँले बढेको छ ।इण्डियन आयल कर्पोरेशनले यही जनवरी १५ देखि पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूची पठाएकाले त्यसैअनुसार भाउ बढाएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया