काठमाडौं । काठमाडौं फोटोग्राफर संघले केपीए वेडिङ फोटो अवार्ड विजेताहरुको फोटोहरु प्रदर्शनीमा राखेको छ ।
शनिबार आर्ट काउन्सिलमा उक्त फोटो र भिडियोहरु प्रदर्शनीमा राखेको काठमाडौं फोटोग्राफर संघको अध्यक्ष हरिप्रसाद घिमिरेले जानकारी दिए ।
उनले नेपाली परम्परागत विवाह, नेपाली फोटोग्राफी र भिडियोग्राफीलाई विश्वसामु पु¥याउन र प्रोत्साहन गर्न फोटो प्रदर्शनी गरेको बताएका छन् ।
उनले भने, ‘केपीए वेडिङ फोटो अवार्ड २०२४ हिजो सम्पन्न भयो । आर्ट काउन्सिलमा सोही फोटोहरु प्रदर्शन गर्न राखिएको छ । यसको मुख्य उद्देश्य भनेको नेपाली परम्परागत विवाह, नेपाली फोटोग्राफी र भिडियोग्राफीलाई विश्वसामु पु¥याउनु हो । यस्तो कार्यक्रमले नेपाली फोटोग्राफरहरुलाई पनि प्रोत्साहन गर्छ भन्ने विश्वास लिएको छु ।’
नेपालको कला संस्कृतीलाई बचाउँदै नेपाललाई वेडिङ् डेस्टिनेशनको हब बनाउनको लागि पनि प्रदर्शनीको आयोजना गरिएको उनको भनाई छ ।
काठमाडौं फोटोग्राफर संघले शुक्रबार एक विशेष समारोहकाबीच वेडिङ फोटो अवार्ड २०२४ को विजेताहरुलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया