Logo

मुख्य समाचार

प्रधानमन्त्री ओलीको घोषणा: अस्थायी, ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिने



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने घोषणा गरेका छन्। उनका अनुसार, यस्ता कर्मचारीहरूले केही दिनको काम गरे पनि सामाजिक सुरक्षा पाउने व्यवस्था लागू हुनेछ।

सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “अस्थायी र ज्यालादारी कर्मचारीहरूले थोरै समयको सेवा गरे पनि उनीहरूलाई सोही समयमा सामाजिक सुरक्षा कोषमा समावेश गरिनेछ।”

प्रधानमन्त्री ओलीले सरकारले वैदेशिक रोजगारीमा गएका सबै युवालाई पनि सामाजिक सुरक्षा कोषको दायरा भित्र ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “सरकारको उद्देश्य जनताको सुख र समृद्धि मात्र हो, अरू कुनै व्यक्तिगत लाभको आशा छैन।”

यसअघि, सामाजिक सुरक्षा कोषमा केवल स्थायी कर्मचारीहरूको समावेशीकरण भएकोमा, अब अस्थायी र ज्यालादारी कर्मचारीहरूको समावेशीकरण गर्न लागिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : २५ बजे