Logo

कर्पोरेट

यस वर्ष पनि नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने


९ कार्तिक २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत वर्ष पनि कम्पनीले सोही अनुपातमा लाभांश वितरण गरेको थियो । 

कात्तिक ८ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

गत वर्ष ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ३३ बजे