Logo

कर्पोरेट

हिमालयन एभरेष्टको ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई  आग्रह


६ कार्तिक २०८१, मंगलबार  

92
Shares

काठमाडौं । हिमालयन एभरेष्ट लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाइ आग्रह गरेको छ ।

अवधिभित्र पनि लाभांश नलिएको खण्डमा लाभांश कम्पनी ऐन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

साबिक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सका केही सेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : ०७ बजे