Logo

मुख्य समाचार

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान


६ कार्तिक २०८१, मंगलबार  

69
Shares

काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ ।

एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक बर्ष फुल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताए । यसबर्ष ४५ लाख माला खपत हुने पनि उनले अनुमान गरे ।

तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १२ : ३८ बजे