Logo

मुख्य समाचार

 नेपाल संवत्लाई प्रभावकारी बनाउन सबै एकजुट हुनुपर्छ : मन्त्री सिंह


६ कार्तिक २०८१, मंगलबार  

69
Shares

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्रिय भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल संवत् ११४५ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यसलाई सफल पार्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल संवत् ११४५ को उपलक्ष्यमा सबै जनालाई शुभकामना व्यक्त गर्न चाहन्छु । आँउदै गरेको कार्यक्रमलाई सफल पार्नको लागि सबै मिलेर यसमा सहयोग गर्नुपर्छ । प्रशंसा गर्ने लायकको कार्यक्रम अगाडि बढाउनुपर्छ । व्यक्तिगत तर्फबाट र सरकारबाट हुनुपर्ने काममा सक्रिय रहने छु ।’

यस्तै, उनले नेपाल संवत्लाई सफल पार्ने काम हामीले नगरे कसैले नगर्ने भन्दै नयाँ वर्षलाई सफल पार्नको लागि सबैलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ११ : ५१ बजे