Logo

अर्थ

४ सयले घट्यो सुनको मूल्य


२२ आश्विन २०८१, मंगलबार  

92
Shares

काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँमा विक्रि भइरहेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तैगरि, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ११ : ४५ बजे