Logo

मुख्य समाचार

६ घण्टामा पूर्वका यी स्थानमा मध्यमदेखि भारी वर्षा


१७ आश्विन २०८१, बिहिबार  

138
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा बिहीबार भारी वर्षा समेत भएको छ ।

पछिल्लो ६ घण्टामा इलामका कन्याम टी–स्टेट र सोक्तिम टी–स्टेट, झापाको दमक, मोरङका केराबारी र हरैँचा र सुनसरीको तरहरा आसपास मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौमस विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्रमा थप वर्षाको सम्भावना छ । नदीतटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असोज १७, बिहान ९ः०० बजे । पछिल्लो ६ घण्टामा इलामको कन्याम टी–स्टेट, सोक्तिम टी–स्टेट, झापाको दमक, मोरङको केराबारी, हरैँचा र सुनसरीको ३तरहरा आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा देखिएको र सो क्षेत्रहरू भई बहने माईखोला, पूवाखोला, सुनसरीखोला, खेसलियाखोलालगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले नदीतटीय क्षेत्रमा रहनहुनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १० : ०३ बजे