Logo

मुख्य समाचार

प्रस्तावित प्रधानन्यायाधीश राउत विरुद्ध ६ वटा उजुरी, संसदीय सुनुवाइ बुधबार 



काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।

संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ ।

समितिले भोलि (मंगलबार) उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ  ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध दुईवटा उजुरी परेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : ४६ बजे