Logo

कर्पोरेट

एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर विक्रीमा



काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर असोज १४ गतेदेखि विक्रीमा आएको छ ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको छ । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढ्ने जानकारी कम्पनीले गराएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : १० बजे