Logo

मुख्य समाचार

कांग्रेस निर्णया : कोषमा ५० लाख जम्मा गर्ने, उपनिर्वाचनको तयारी थाल्ने



काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारको राहत कोषमा पचास लाख जम्मा गर्ने पनि निर्णय गरेको छ।

आइतबार पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । साथै सबै सांसदहरुको बाढी प्रभावितहरुलाई १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको डा.महतले जानकारी दिए ।

उनले भने, ‘सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर १६ गते सम्पन्न हुनेगरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ । ’

साथै कांग्रेस बैठकले निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु भएका सबैलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यो समग्र घटनाप्रति पार्टीले दुख व्यक्त गरेको छ । यस्तै बैठकले बाढी पहिरोमा हराएका सबैको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।



प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : १९ बजे