Logo

मुख्य समाचार

आन्तरिक उडानमा समस्या, भरतपुर र सुर्खेतको उडान रद्द


११ आश्विन २०८१, शुक्रबार  

23
Shares

काठमाडौं । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भरतपुर र सुर्खेतको सबै उडान रद्द भएको बताए । उनले अहिलेम्म भद्रपुर र पोखरा उडान नभएको बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएका छैनन् । भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ४८ बजे