Logo

कर्पोरेट

सानिमा बैंकका ग्राहकलाई सीजी डिजिटलबाट सामान किन्दा २५ प्रतिशतसम्म छुट



काठमाडौं । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंक र सीजी डिजिटल प्रालिबीच सम्झौता भएको हो । 

सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (ईएमआई) मा परिणत गर्दा रु. १,००० बराबरको क्यास ब्याकको व्यवस्था पनि गरिएको छ ।

क्यास ब्याक न्यूनतम रु. ३० हजारको कारोबारमा प्रदान गरिने बताइएको छ ।

साथै, यस छुटअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग क्युआर स्क्यान) मार्फत सीजी मा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : ०३ बजे