Logo

कर्पोरेट

४  अंकले घट्यो शेयर बजार



काठमाडौं । कारोबार साताको चौथो दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४ अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेर बजर बन्द भएको छ ।

बुधबार ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ कारोबार भएको हो ।

बुधबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ५८ लाख ८ हजार रुपैयाँ संकलन भएको हो । कम्पनीको शेयर प्रतिकित्ता मूल्य १ हजार ९ सय ९९ रुपैयाँ पुगेको छ ।

बुधबार ७४ कम्पनीको शेयर मूल्य बढ्दा १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ०५ बजे