Logo

कर्पोरेट

महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर  बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर धनीहरुको नाममा रहेको ३८ हजार ९ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

संस्थापक शेयरधनीहरु रामलगान मंडरको नाममा रहेको १२ हजार ९ सय ६५ कित्ता, भानुभक्त निरौलाको १५ हजार कित्ता, कविता कुमारी चौधरीको ५ हजार कित्ता, सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता शेयर बिक्री ल्याएको हो ।

उक्त शेयर खरिदको लागि संस्थापक शेयर धनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाइै बिक्री प्रक्रिया अगाडी बढाउने जानकारी दिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ०६ बजे