Logo

कोशी

कोशी प्रदेश सरकारमा कांग्रेसबाट चार मन्त्री थपिए


२८ भाद्र २०८१, शुक्रबार  

69
Shares

विराटनगर । लामो समयको रस्साकस्सीपछि कोशी प्रदेशमा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्दै चार मन्त्री थप गरेका हुन् ।

नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन । नव नियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला समूहलाई भने समावेश गराइएको छैन् । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको दूई मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन ।

योसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ । कांग्रेसको नेतृत्व गर्दै भुपेन्द्र राई भौतिक पूर्वधारमन्त्री बनेका छन् ।

त्यस्तै खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री, सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री नियुक्त भएका हुन् । त्यस्तै, भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : ०४ बजे