Logo

कर्पोरेट

अघिल्लो आर्थिक बर्षमा एक लाखभन्दा बढि बीमा पोलिसी सरेन्डर, कुन कम्पनिको कति?



काठमाडौं । आर्थिक बर्ष २०८०/२०८१ मा १४ बीमा कम्पनीमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या १ लाख भन्दा बढि नाघेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०/२०८१ को असार मसान्तसम्म बीमितहरुले एक लाख १३ हजार ९ सय ७६ बीमा लेख सरेन्डर गरेका छन् ।

बोर्डको तथ्यांकअनुसार आर्थिक बर्ष २०८०/२०८१ को असार मसान्तसम्म १४ बीमा कम्पनीको १४ अर्ब ५ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छन् । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल ) लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छन् ।

अघिल्लो अर्थिक असार मसान्तसम्मको अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको ४ अर्ब ३ करोड ३७ लाख ५३ हजार रुपैयाँ बराबरको ३० हजार ३ सय ९ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । त्यस्तै, सोही अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ अर्ब ४१ करोड ३९ लाख १२ हजार रुपैयाँ बराबरको २८ हजार ६ सय २७ वटा बीमा पोलिसी सरेन्डर भएको बोर्ड को तथ्याङकमा उल्लेख छ । 

राष्ट्रिय बीमा संस्थानको १ अर्ब १० करोड ४८ लाख ८२ हजार रुपैयाँ बराबरको १३ हजार ९ सय ४१ बीमा पोलिसी सरेन्डर भएका छन् । सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सबाट एक अर्ब एक करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरको ७ हजार ५ सय बीमा पोलिसी सरेन्डर भएको हुन् । 

बीमितहरुले मेट लाइफको ४३ करोड २८ लाख १२ हजार रुपैयाँको ४ हजार एक सय तीन वटा, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५५ करोड ६३ लाख ५६ हजार रुपैयाँको ७ हजार १ सय ७१ वटा, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ करोड ६६ लाख ६४ हजार रुपैयाँको एक हजार चार सय २५ वटा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ६२ लाख ७ हजार रुपैयाँको ६ सय ८२ वटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

त्यसैगरी बोर्डको तथ्यांक अनुरुप रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट ९ करोड ४ लाख १७ हजार रुपैयाँको एक हजार ४ सय ७४ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट १७ करोड ३३ लाख ३६ हजार रुपैयाँको २ हजार ६ सय ५१ वटा, सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट ७१ करोड ४१ लाख ३३ हजार रुपैयाँको ५ हजार २ सय ७४ वटा, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबाट २४ करोड ८६ लाख १४ हजार रुपैयाँको एक हजार ७ सय २८ वटा बीमा पोलिसी सरेन्डर भएका हुन् ।

सोही अवधिमा बीमितहरुले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एक अर्ब २ करोड ९५ लाख ४ हजार रुपैयाँको ७ हजार ८ सय १० वटा, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको २१ करोड २६ लाख ४७ हजार रुपैयाँको एक हजार २ सय ८१ वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : ०५ बजे