Logo

मुख्य समाचार

मकवानपुरमा पनि देखियो हैजा, संक्रमितको संख्या ६७ पुग्यो



काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । २३ अगष्टसम्म ६ जिल्लाका ६७ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

पछिल्लोपटक २१ अगष्टमा मकवानपुरमा पनि दुईजनामा हैजा पुष्टि भएको छ । ललितपुरमा सबैभन्दा धेरै ४७ जना संक्रमित भएका छन् । काठमाडौंमा ९, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

संक्रमित हुनेमा ३० जना महिला र ३७ पुरुष छन् । १४ वर्षमुनिका ९ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : २१ बजे