Logo

मुख्य समाचार

राष्ट्रपति पौडेलद्वारा गाईको पूजा


२४ कार्तिक २०८३, सोमबार  

0
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए ।

तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, सोमबार  ११ : ४३ बजे