Logo

विश्व

कंगोमा हतियारधारी समूहद्वारा ५ चिनियाँ नागरिक अपहरित



कंगो । कंगोमा पाँच जना चिनियाँ नागरिक हतियारधारी समूहबाट अपहरणमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोयटर्सका अनुसार दक्षिणपूर्वी क्षेत्रस्थित एक खानीबाट चिनियाँहरू अपहरणमा परेका हुन् ।

यस क्रममा हतियारधारी समूह र प्रहरीबीच झडपसमेत भएको थियो । जहाँ एक प्रहरी मारिएको बताइएको छ । दक्षिणी किभु प्रान्तको मुकेरा गाउँमा आइतबार यस्तो घटना भएको बताइएको छ ।

तर हतियारधारी समूहबारे कुनै पहिचान भएको छैन । रोयटर्सका अनुसार चिनियाँ खानी कम्पनीहरू र स्थानीय अधिकारीबीच पहिलेदेखि नै तनाबपूर्ण सम्बन्ध रहँदैआएको छ । जहाँ केही कम्पनीले इजाजतपत्र बिना गैरकानुनी रूपमा खानी सञ्चालन गरिरहेका छन्।

कंगोस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। यस्तै चिनियाँहरू आवद्ध खानीको नामसमेत खुलाइएको छैन । 

गत अगस्टमा दक्षिण किभुका गभर्नर थेओ कसीले ६ वटा चिनियाँ कम्पनीलाई निलम्बन गर्दै स्थानीय र विदेशी कामदारलाई त्यस क्षेत्र छाड्न आदेश दिएको स्थानीय मिडियाले जनाएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : २३ बजे