Logo

खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेट सुरु, पहिलो खेलमा प्रदेश- १ र कर्णाली भिड्दै



काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो ।

आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता पुस ११ गत सम्म चल्ने छ ।

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरि खेलाइने छ । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ३३ बजे