Logo

खेलकुद

एनपीएल : टस जितेर चितवन ब्याटिङमा 



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा अहिले काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ।

काठमाडौं अंक तालिकामा तेस्रो तथा चितवन चौथो भएर इलिमिनेटर खेल्न लागेका हुन् ।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।

लुम्बिनी फाइनल पुगिसकेको छ। फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बुधबार  ५ : १४ बजे