Logo

खेलकुद

चार क्रिकेटर: ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्



काठमाडौं : चार क्रिकेटरले आफूमाथि कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् ।

शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले अभिभावकीय भूमिका खेल्न र निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४७ बजे