Logo

कर्पोरेट

१४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको रेमिट्यान्स भित्रियो



काठमाडौं । एक बर्षमा नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण(रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार  गत आर्थिक वर्ष २०८०।८१ मा उक्त रकम भित्रिएको हो ।

विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि पनि भएको छ । गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ५ : १४ बजे