Logo

खेलकुद

एभर्टन र चेल्सीले खेले बराबरी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलको छन् । बिहीबार राति भएको खेलमा चेल्सी र एभर्टनले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा जारार्ड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई १-१ को बराबरीमा ल्याए ।

बराबरीसँगै चेल्सी ३७ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । एभर्टन १९ अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ४६ बजे