काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भइरहेको मतदान वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गर्ने भएका छन् ।
निर्वाचनमा सभापतिका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुदैछ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए तर सर्वसम्मतमा उम्मेदवार चयन हुन नसकेपछि पौडेल पनि सभापतिमा उम्मेदवारी नदिने निष्कर्षमा पुगेका थिए ।
प्रतिक्रिया