Logo

मनोरञ्जन

मुम्बईमा उपचार असफल भएपछि अमेरिका जाँदै शाहरुख


१५ श्रावण २०८१, मंगलबार  

161
Shares

काठमाडौं । मुम्बईमा असफल भएपछि बलिउड स्टार शाहरुख खानको आँखाको उपचार अमेरिकामा हुने भएको छ ।

शाहरुखले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएका थिए । सोमबार उनी उपचारका लागि अस्पताल गएका थिए । तर उपचार सफल नभएपछि उनी अमेरिका जान लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि, यसबारे शाहरुख र उनको टिमले भने पुष्टि गरिसकेको छैन ।

उनले आँखाको मोतियाबिन्दुको उपचार गर्न लागेका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  २ : ३२ बजे