Logo

विश्व

ओमिक्रोनलाई पनि अहिले प्रयोग भइरहेका खोपले नै काम गर्ने डब्लूएचओको दाबी



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमिक्रोन भेरियन्टका लागि पनि अहिले प्रयोग भइरहेका खोपहरुले काम गर्ने दाबी गरेको छ ।

अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने  डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌अ‌ाएकै खोपले काम गर्ने देखिएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : ५५ बजे