Logo

मुख्य समाचार

सभापतिको दाबेदारीबाट पछाडि नहट्ने प्रकाशमानको अडान



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने बताउँदै आएका प्रकाशमान सिंहले आफू दाबेदारीबाट पछाडि नहट्ने अडान लिँदै आएका छन् ।

बिहीबार बिहान बानेश्वरमा कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् ।

सिंहले आफ्नो परिवारले पहिलैदेखि पार्टीका लागि त्याग गर्दै आएको भन्दै अब आफू पछाडि नहट्ने बताएका हुन् । पार्टीलाई विधि विधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने उनको भनाई रहेको थियो ।

सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।

कांग्रेसको संस्थापनइतर समूहमा सभापति पदका आकांक्षीहरुले आफ्नो दाबी नछाड्दा उम्मेदवार टुंगो लगाउन सकस परिरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : २४ बजे