Logo

Breaking News 1

समाजवादी मोर्चाको बैठक बस्दै, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने



काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने तथा समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ ।

समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १० : ०८ बजे