Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । आज(विहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको  छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४  हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय  रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोवार  भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ११ : १३ बजे