Logo

Breaking News 1

विश्व जनसंख्या दिवस : जनसंख्या वृद्धि नियन्त्रणमा राख्न मुख्य चुनौती (तस्बिरसहित)



काठमाडौं । नेपालसहित विश्वभर आज(विहीबार) विश्व जनसंख्या दिवस मनाइँदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या पाँच अर्ब पुगेको अवसरमा आजको दिनलाई विश्व जनसंख्या दिवस मनाउन थालिएको हो । विश्व जनसंख्या दिवस मनाइरहँदा विश्वका लागि जनसंख्या मूख्य चुनौती बन्ने देखिएको छ ।

यद्यपि कुनै देशमा भने जनसंख्या बृद्धिको ऋणात्मक संकुचन अर्को चुनौती बन्दै गएको छ । जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विश्व्यापी बहसको विषय बन्दै गइरहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या करिव तीन करोड पुगेको छ । जसमध्ये पुरुषको तुलनामा महिलाको जनसंख्या धेरै रहेको छ ।

पछिल्लो दशकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । यो जनसंख्या बृद्धिदर त्यतिधेरै चुनौतीको बिषय त होइन तर जनसंख्या बृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकाले नियन्त्रणमा ध्यान दिनु जरुरी रहेको बताइन्छ ।

संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार विश्वको जनसंख्या आठ अर्ब पुगेको छ । सन् २०२२ मा नै विश्वको जनसंख्या आठ अर्ब पुगेको थियो । जसमा सबैभन्दा बढी जनसंख्या चीनको रहेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १० : ४१ बजे