Logo

समाचार

सभापति उम्मेदवारको टुंगो लगाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आकांक्षीहरु धेरै देखिएपछि नेपाली कांग्रेसका संस्थापन र  इतर दुवै पक्षलाई उम्मेदवारको टुंगो लगाउन हम्मेहम्मे परेको छ ।

संस्थापन पक्ष भन्दा इतर पक्षमा धेरै सभापतिका आकांक्षी हुँदा इतर पक्षलाई सकस परेको छ । आफ्नो पक्षबाट उम्मेदवार टुंगो लगाउन इतर पक्ष निरन्तर छलफलमा जुटेपनि सफल हुन सकेको छैन ।

अहिले पनि इतर पक्षको बैठक बसिरहेको छ । प्रकाशमान सिंह निवास चाक्सिबारीमा जारी बैठकमा बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, महामन्त्री सशांक कोइराला र सभापतिका आकांक्षी विमलेन्द्र निधि सहभागी छन्।

यी चारै नेताहरु सभापतिका आकांक्षी हुन् । त्यस्तै, बैठकमा केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, रामकृष्ण यादव, प्रदीप पौडेल, बलबहादुर केसीलगायत बैठकमा सहभागी छन्।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ५८ बजे