Logo

मुख्य समाचार

बैतडी जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ५ पुग्याे



बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना  भएकाे हाे।

दुर्घटना हुदा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि जानकीलाई डडेल्धुरा अस्पताल सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको बताए ।

यसअघि दुर्घटनामा परि मृत्यु हुनेमा  पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक गरि  घटनास्थलमै ४ जनाकाे मृत्यु भएको हो। दुर्घटना परी अन्य पाँच जना घाइते  रहेका छन् । घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराई गम्भीर घईते छन भने दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल सिफारिस गरिएको छ।

अरु घाइतेहरुकाे भने पाटन नगरपालिका–१ सकारकै  दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।

पाटन–५ वसन्तरपुरका चालक खेमराज पाण्डेय भने फरार रहेका छन्। जीपमा जम्मा चालकसहित ११ जना सवार रहेका बताइएको छ ।

दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ। कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।  

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : २७ बजे