Logo

मुख्य समाचार

कांग्रेस प्रदेश अधिवेशन: प्रदेश १ मा पुनः मतगणना गर्न माग



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-१ को पदाधिकारीको मतगणना पुनः गर्न माग गरिएको छ ।

दुई मतले पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका हुन् ।

संस्थापनइतर समूहबाट उठेका घिमिरे पराजित भएका हुन् । मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ४ : ४८ बजे