Logo

समाचार

राप्रपाको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विक्रम पाण्डे विजयी



काठमाडौं । राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डेले सर्वाधिक मत ल्याएर विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।

उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी भएका छन् । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : १५ बजे